ओमिक्रोन कोभिडः कोरोना भाइरसको यो नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण कसरी पत्ता लाग्छ? sunlight tv khaber

 कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्।

दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ।

तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन्।

ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ?

सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ।

प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट - जस्तै, डेल्टा वा ओमिक्रोन - पनि किटान गर्न सक्छन्।

केही प्रयोगशालामा मात्र भेरिअन्ट पहिचान गर्न आवश्यक प्रविधि हुन्छ।

Comments

Popular posts from this blog

२७ पुसदेखि १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय, बालबालिकालाई खोप लगाउन आग्रह (पत्रसहित)

विद्यालय बन्द गर्ने निर्णय भएको छैन : शिक्षा मन्त्रालय sunlight tv khaber