माघ १५ सम्म स्कूल बन्द, सार्वजनिक स्थानमा खोप लगाएकालाई मात्र प्रवेश sunlight tv khaber
२५ पुस, काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मात्र ११६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । खासगरी काठमाडौं उपत्यकाका साथै सीमा नाकाहरुमा संक्रमितको संख्या बढ्दो छ । औसतमा समग्र देशभरमा पनि संक्रमण दर ९.५ प्रतिशत पुगेको छ । डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महीना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी छ । १५ माघसम्म विद्यालय बन्द कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयहरुलाई १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक...
Comments
Post a Comment